१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रक्सौल-काठमाडौं रेलमार्गको कामले गति लियो, कहिले आउला रेल ?


0
Shares

काठमाडौं, २० असार । काठमाडौंवासीले २०८० को दशकभित्र रेल चढ्न पाउनसक्छन् । भारतको रक्सौलबाट काठमाडौंसम्मको रेलमार्ग निर्माणका प्रारम्भिक कामले गति लिन थालेबाट रेल दश वर्षभित्र आउने आशा बढेको हो ।

रेलमार्ग निर्माणलाई गति दिन भारतले रक्सौल-काठमाडौं रेलमार्गको लोकेशन सर्भे प्रतिवेदनको मस्यौदा नेपालमा अध्ययनको चरणमा छ । यसबारे भौतिक पूर्वाधार मन्त्रालयमा प्रारम्भिक अध्ययन चलिरहेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले लोकेशन सर्भे प्रतिवेदनको मस्यौदाबारे वृस्तृत अध्ययनका लागि समिति नै गठन हुने जानकारी दिए । उनले भने, आजभोलिभित्र समिति गठन हुन्छ ।

भारतले हस्तान्तरण गरेको रेलमार्गको लोकेशन सर्भे प्रतिवेदनलाई अन्तिम रुप दिन नेपालको राय मागेको हो ।

नेपालले अध्ययनपछि भारतको कोंकण रेलवे कर्पोरेशन लिमिटेडलाई सुझावसहित प्रतिवेदन हस्तान्तरण गर्नेछ । सहसचिव थापाले आफूहरुको सुझाव समेत समेटेर लोकेशन सर्भे प्रतिवेदनले अन्तिम रुप प्राप्त गर्ने बताए ।

रक्सौल-काठमाडौं रेलमार्गको लोकेसन सर्भे प्रतिवेदन २२ महिनाभित्र सक्ने गरी भारत र नेपालबीच २०७८ को असोजमा एमओयू भएको थियो ।

भारतले रेलमार्गको डिपिआर तयार गरिसकेको छ । प्रारम्भिक रिपोर्ट अनुसार रक्सौल-काठमाडौं रेलमार्गको लम्बाई १३६ किलोमिटर छ । डिपिआर अनुसार रक्सौलबाट नेपालको बारा जिल्लाको निजगढ हुँदै ललितपुर जिल्लाको खोकनासम्म बनाउँदा ४० किलोमिटर सुरुङ रहने र ३५ पुल रहनेछ ।

रक्सौल-काठमाडौं रेलमार्ग निर्माणको विषय नेपालमा चासोमा परेको छ । रेलमार्ग बनेपछि नेपाल र भारतबीच कनेक्टिभिटी अझ बढ्नेछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया