३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चीनले नेपालमा बीआरआई कार्यान्वयनमा दबाब दिएपछि नेपालले खोज्यो मोडालिटी


0
Shares

काठमाडौं, १७ असार । चीनले नेपालमा बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) कार्यान्वयनमा दबाब दिएको छ । नेपालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका दौरान बीआरआई कार्यान्वयनमा दबाब बढाउने गरी कुरा राखेको हो ।

भ्रमणबाट आइतवार स्वदेश फर्किएका उपप्रधानमन्त्री श्रेष्ठले चीनले बीआरआई कार्यान्वयनमा चासो राखेको बताए । बीआरआईमा २०१७ मा सम्झौता भइसकेकाले मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लाउने जवाफ उनको भनाई छ ।

श्रेष्ठले बीआरआई सम्झौताबाट नेपाल लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले चिनियाँ लगानी वृद्धी गर्नेबारे समेत आफ्नो भ्रमणमा छलफल भएको बताए ।

चीनले नेपालमा बीआरआई कार्यान्वयनमा आइसकेको बताइरहँदा उपप्रधानमन्त्री श्रेष्ठको पछिल्लो भनाई आएको हो । सम्झौता भएको ६ वर्ष पुग्दा पनि नेपालले बीआरआई परियोजना अन्तर्गत ऋण लिन नसकिने बताउँदै आएको छ ।

यसैगरी, श्रेष्ठले चीनसँग थप व्यापारिक नाका खोल्नेबारे आफूले छलफल गरेको बताए । नेपाल चीन सीमानाकामा आवतजावत् सहज बनाउन चीन सकारात्मक भएको उनको भनाई थियो ।

चीनले कोभिड १९ को महामारी पछि नेपालसँगको सीमानाकाहरु बन्द गरेको थियो । २०२३ बाट रसुवा र तातोपानीसँगको नाका खोलेपनि अन्य नाका खोलेको छैन । नाकाहरु सामान ढुवानीका लागि मात्र खोलेको छ । मानव आवतजावतमा अझै रोक छ ।

श्रेष्ठले चीनको छेन्दुबाट पोखरा र भैरहवामा व्यवसायिक उडान सुरु गर्न आग्रह गरेको बताए । सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको उनको भनाई थियो । पोखरामा जून महिनामा सिचुवान एयरलाइन्सले पहिलो चाटर्ड उडान गरिसकेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋणमा निर्माण भएको हो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनीले बनाएको हो । यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेका छैनन् ।

प्रतिक्रिया