७ बैशाख २०८३, सोमबार | April 21, 2026

कान्तिवतीको सुन्दरताः जसले नेपालको इतिहास बदल्यो


166
Shares

डा. दीपेश केसीः उत्खननमा दुई महारानीको टकरावबीच रणबहादुर शाहले बाल ब्राम्हणीलाई अपहरण गरी बलजफ्ती विवाह गरेको घटना । जसले नेपालको इतिहासको धारलाई नै बदल्न पुग्यो । राजाको जेठा छोरा राजा हुने विधि विधानलाई उल्लंघन गरेर रणबहादुर शाहले कान्छी रानी कान्तीवतीका बालक छोरालाई गद्दीमा बसाल्दा दरबारभित्र सत्ताका लागि काटमारको शृंखला चलिरह्यो । त्यसपछि धेरै प्रधानमन्त्रीहरु कालगतीले मरेनन् । उनीहरुको विभत्स हत्या हुने र अर्को पात्र सत्तामा आउने अवस्था सृजना भयो । रक्तपात मच्चाएर प्रधानमन्त्री र मन्त्री बन्न थाले । सत्तामा पुग्न रक्तपातपूर्ण षड्यन्त्रै गर्नुपर्छ भन्ने प्रवृत्ति विकास भयो । विदेशी चलखेल बढ्यो । दरबारभित्रको द्वन्द्वको भाइरदा अंग्रेज शासक देखि चीनका शासकले समेत लिन थाले ।

रणबहादुर शाहकी जेठी पत्नी हुनुहुन्थ्यो गुल्मीकी राजकन्या राजराजेश्वरी । दोस्रो पत्नी हुनुहुन्थ्यो सुवणप्रभा । दरबारका दुई शक्तिशाली महिलाहरु जसको द्वन्द्वको भरपूर फाइदा तेस्रो महिलाले लिइन् । रणबहादुर शाहकी पहिलो पत्नी राज राजेश्वरी र दोस्रो पत्नी सुवर्णप्रभाबीचको सत्ता संघर्षले तेस्रो पत्नी कान्तीदेवीले लिएको फाइदा हो यो । नेपालको इतिहासलाई नै बदल्ने घटना त्यो सत्ता संघर्षले ल्यायो ।

राजाका जेठा छोरा युवराज घोषित गरी राजा बनाउने प्रचलनलाई समेत उल्लंघन गरियो त्यतिबेला । राज राजेश्वरीका तर्फबाट एक छोरीको मात्र जन्म भयो । दुई छोरा भएकी सुवर्णप्रभाको शक्ति बढ्न थाल्यो । दरबारका भाइ भारदार समेत सुवर्णप्रभाकै छोरा रणउद्योत शाहलाई भावी राजा देख्न थाले । सुवर्णप्रभामा पनि चुरीफुरी बढ्दै थियो । यही देखेर चतुर रानी राज राजेश्वरी उपयुक्त मौका कुर्दै हुनुहुन्थ्यो । राजा रणबहादुर शाहको कमजोरीबारे राज राजेश्वरी जानकार हुनुहुन्थ्यो । भोग विलासमा लिप्न हुने स्वभाव थियो रणबहादुर शाहको । सुन्दर महिलालाई आफ्नो बनाउने महत्वाकांक्षा थियो उहाँमा । किशोरावस्थामै राजा भएकाले उहाँ अपरिपक्व हुनुहुन्थ्यो ।

तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र आधुनिक नेपालको राजनैतिक इतिहास (१७६८–१८४६ ई.) मा लेख्नुहुन्छः रणबहादुर शाहका राजराजेश्वरी र सुवर्णप्रभासँग विवाह भैसकेको थियो । राजराजेश्वरीबाट एक छोरी जन्मिइन्, छोरी भएन । सुवर्णप्रभाबाट रणद्योत शाहको जन्म भयो ।

सुवर्णप्रभालाई भोगिनीका रुपमा उल्लेख गरिएकाले दरबारका कतिपय भाइभारदारहरु उहाँको छोरालाई राजा बन्न दिननहुने पक्षमा थिए । राज राजेश्वरीको पनि यही राय थियो । बाबुराम आचार्य आफ्नो पुस्तकः अब यस्तो कहिल्यै नहोस्मा लेख्नुहुन्छः राजा श्री ५ रणबहादुर शाहकी जेठी महारानी राजराजेश्वरीदेवी र यिनकी सौता माहिली महारानी सुवर्णप्रभाको बीचमा स्वभावजन्य सौतेनी डाह रहँदै आइरहेको थियो । महारानी राजराजेश्वरीको तर्फबाट राजा श्री ५ रणबहादुर शाहकी एउटी छोरीमात्र जन्मिएकी थिइन् । उहाँ अगाडि लेख्नुहुन्छः माहिली महारानी सुवर्णप्रभाको तर्फबाट भने उनका दुई छोराहरु जन्मिइसकेकाले महारानी सुवर्णप्रभाले आफ्ना जेठा छोरा रणोद्योत शाहलाई नै राजगद्दीमा उत्तराधिकारीको रुपमा मनमनै निश्चित गरिसकेकी थिइन् ।

दरबारमा दुई रानीका टकराव बढ्दै जाँदा पशुपतिनाथमा एकदिन तिरहुतकी विधवा ब्राम्हणी दर्शनका लागि पुग्नुभयो । बाल्यकालमै पति गुमाउनुभएकी ती महिला सुन्दर हुनुहुन्थ्यो । पशुपति दर्शनका लागि पुगेका एकजना दरबारका कर्मचारीले रणबहादुर शाहको कानमा सुन्दर स्त्रीका बारेमा सुनाइदिए । रणबहादुर शाह ती स्त्रीलाई देख्न आतुर हुनुभयो । तत्काल सैनिकहरुलाई आदेश दिएर बाल ब्राम्हणीलाई नियन्त्रणमा लिएर ल्याउन भनियो । दरबारमा ल्याइनुभएकी ती ब्राम्ह्णीको रुप देखेर रणबहादुर मोहित हुनुभयो । दरबारका धेरै भाइभारदारहरु यो घटनाप्रति असन्तुष्ट थिए । काका बहादुर शाह यो कदमको विरोधी बन्नुभयो । तर, सनकी राजा रणबहादुर शाहका लागि आफ्नै काका दुश्मन दर्ज हुनुभयो ।

तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र आफ्नो पुस्तकमा लेख्नुहुन्छः शिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएकी तिरहुतकी मिश्र ब्राह्मणकी छोरी कान्तिवतीसँग रणबहादुर शाह आकर्षित भए । कान्तिवतीसँग राजा लठ्ठ भए । आफ्ना सौतेनी भाईसँग सल्लाह गरी राजाले कान्तिवतीलाई दरबार ल्याए । विधवा कान्तिवतीले पुनर्विवाह गर्न इन्कार गरिन् ।

बाबुराम आचार्य आफ्नो पुस्तक जनरल भीमसेन थापाः यीनको उत्थान तथा पतन मा लेख्नुहुन्छः वि.सं. १८५२ को शिवरात्री पर्वको अवसरमा भगवान् पशुपतिनाथको दर्शन गर्नको निमित्त भारत भूमिको मिथिलातिरबाट आएकी कान्तवती नामक एउटी नवयौवना तिरहुत सुन्दरी विधवा ब्राम्ह्णीमाथि सम्भवत भगवान् पशुपतिनाथको मन्दिरको आसपासमा नै कर्त नवयुवक राजा रणबहादुर शाहका कुनै सहयोगीको आँखा अप्रत्याशित रुपमा परेको थियो । नवयुवती विधवा ब्राम्हणीको रुप, यौवन तथा सौन्दर्यलाई देखेर यिनी अत्यन्त नै मुग्ध भएका थिए । यो खबर तत्कालै राजभवनमा नवयुवक राजा रणबहादुर शाहकहाँ पुगिहाल्यो ।

बाबुराम आचार्य थप लेख्नुहुन्छः आफ्ना दाजु प्रमुख चौतारा विदुर शाही एवं भाइ चौतारा शेरबहादुर शाहीहरुको परामर्शअनुसार नवयुवक राजा रणबहादुर शाहले नवयुवती ब्राह्मणी कान्तवतीलाई पक्राउ गरी म्यानामा बन्द गराएर बलात् राजभवनभित्र भित्रयाइदिए ।

वास्तवमा यो घटना त्यतिबेलाको सामाजिक परिवेशको विरुद्ध थियो । राजा नै भएपनि विधवा महिलालाई जर्बजस्ती अपहरण गरी लगिएको थियो । शाहवंशको इतिहासमा यो पहिलो घटना थियो । त्यसमाथि पृथ्वीनारायण शाहका नातिबाट कानूनको उल्लंघन थियो । राजाबाट नै कानून र समाजविरोधी कार्यले नकारात्मक सन्देश गइसकेको थियो । त्यसमाथि सत्तामा हावी हुने योजनाका साथ जेठी महारानी नै आफूविरुद्ध अर्को सौता थप्न तयार भइसक्नुभएको थियो ।

महिनासम्म राजाले कान्तिवतीलाई विवाह गर्न सम्झाउँदै रहनुभयो । यो घटना राज राजेश्वरीका लागि उपयुक्त अवसर बन्यो । उहाँ पनि कान्तिवतीलाई रणबहादुर शाहसँग विवाह गर्न प्रेरित गर्न थाल्नुभयो । ६ महिनासम्म आफू पुर्नविवाह नगर्ने भनी कान्तिवतीले अडान लिनुभयो ।

तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र आफ्नो पुस्तकमा लेख्नुहुन्छः जेठी महारानी राजराजेश्वरीको मनमा सुवर्णप्रभाको छोरा राजा नहोस् भन्ने भावना थियो । यसै ईष्र्याको कारणबाट जेठी महारानीले राजालाई कान्तिवतीसँग विवाह गर्न प्रेरित गरिन् । कान्तिवतीबाट जन्मिने छोरालाई राजा बनाउने पनि आग्रह गर्न थालिन् । राजराजेश्वरी सुवर्णप्रभाको छोरा राजा हुनुभन्दा कान्तिवतीकै छोरा राजा होस् भन्ने पक्षमा थिइन् ।

रणबहादुर शाहका दुई रानीहरुबीचको शक्तिसंघर्षले रोचक नतिजाहरु ल्याइरहेको थियो । दुवैबीच इष्र्या र जलनले ठाउँ बनाइरहेको थियो । बाबुराम आचार्य आफ्नो पुस्तक जनरल भीमसेन थापाः यीनको उत्थान तथा पतन मा लेख्नुहुन्छः जेठी महारानी राजराजेश्वरी देवीको तर्फबाट एउटी छोरीले मात्र जन्म लिएकी थिइन् । यिनको गर्भबाट अर्को सन्तानको जन्म हुन सकिरहेको थिएन । कान्छी रानी क्षत्रिय कन्या सुवर्णप्रभा देवीतर्फबाट भने रणउद्योत शाह तथा शमशेर शाह नामक दुई राजकुमारले जन्म लिइसकेका थिए । आफ्ना जेठा छोरा डेढ द

प्रतिक्रिया