१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदिप ढकालविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा


0
Shares

काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सोमवार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ढकाल पदमा रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी सम्पत्ति आर्जन गरेकोमा आरोप पत्र दायर गरिएको छ । दाहालको स्रँेत खुलेको ६ करोड ३९ लाख ९३ हजार ३१२ मात्र देखिएको अख्तियारले बताएको छ ।

पशुपति विकास कोषमा सुनको जलहरी प्रकरणमा अनुसन्धान भइरहँदा यसअघिका सदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया