१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धर्म परिवर्तनको मिसनविरुद्ध संसदमा उठ्यो आवाज, निर्वाध नछाड्ने उपप्रधानमन्त्री श्रेष्ठको दाबी


0
Shares

काठमाडौं, १० असार । प्रतिनिधि सभामा धर्मपरिवर्तनको मिसनविरुद्ध आवाज उठेको छ । आज प्रतिनिधि सभामा सांसदहरुले मिसन नै लागेर धर्म परिवर्तनबाट वस्ती वस्ती नै धर्म परिवर्तन गराइएको विषय उठेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचारलाई निर्वाध नछाड्ने दाबी गरेका छन् । उनले करकापमा धर्म परिवर्तन गराउने गतिविधि हुन नदने समेत बताए ।
संसदमा सांसदहरुको प्रश्नको जवाफ दिदै श्रेष्ठले भने, ‘व्यक्तिको आस्था रहेको धर्म जस्तो सवेदनशील विषयमा प्रचारात्मक अभियान चलाएर बस्तीका बस्ती नै धार्मिक रुपान्तरणको प्रक्रियामा जाने स्थितिको भने राज्य र हामी सबै गम्भीर र संवेदनशील हुनुपर्ने अवस्था छ भन्ने ध्यानाकर्षण प्रति सरकार गम्भीर रहनेछ ।’

धर्म व्यक्तिको आस्थाको विषय भएकाले कसैलाई पनि कुनै धर्म मान्न र नमान्न वा आफ्नो धर्म वा आस्था स्वेच्छिक रुपले परिवर्तन गर्न छुट रहने श्रेष्ठको भनाई थियो ।
उनले दबाब वा प्रलोभनमा कुनैपनि मिसनमा आधारित भएर धर्म प्रचारको अभियानलाई निर्वाध नछाड्ने दृढता व्यक्त गरे ।

नेपालमा पछिल्लो समय धर्म परिवर्तनको मिसन नै चलाइएको छ । यसविरुद्ध संसदभित्र र बाहिरबाट आवाज उठ्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया