१० श्रावण २०८१, बिहिबार | July 25, 2024

शक्तिराष्ट्रको टकरावबीच मोदीको अमेरिका यात्रा


0
Shares

विपिन देवः भारतीय स्वतन्त्रता सङ्ग्राममा अमेरिकी लेखक र विद्वानहरूको गहिरो प्रभाव थियो । भारतीय संविधानका मस्यौदाकार डा. भीमराव अम्वेडर र समाजवादी आन्दोलनका महानायक जयप्रकाश नारायण अमेरिकी विश्व विद्यालयबाट नै शिक्षित र दिक्षित थिए । स्वतन्त्रता उप्रान्त भारत र अमेरिकाको दौत्य सम्बन्धले स्वतन्त्रता र लोकतन्त्रको धरातलमा समेत उ‘चाई लिन सकेन । भारतीय परराष्ट्र नीतिका जनक पण्डित नेहरु अमेरिकी रणनीतिबाट सम्मोहित थिएन । फलस्वरुप भारतको सघनता सोभियत रुससँग बढ्न गयो भने पाकिस्तानको निकटता अमेरिकासंग बढ्न गयो । तर वर्तमान परिवेशमा इतिहासले कोल्टो फेरेको छ । आज भारत र अमेरिका विच १९० विलियन डलरको व्यापार रहेको छ । अर्थात् अमेरिका भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार रहेको छ ।

अमेरिकी समाजमा सबभन्दा समृद्ध समाज भारतीय मुलको नै रहेको छ । ४० लाख भारतीय मुलका जनताहरूको योग्यता र पौरखले अमेरिकी समाजमा अमिट छापा छाडेको छ । गुगलदेखि माइर्कोन जस्ता विख्यात कम्पनीहरूको नेतृत्व भारतीय मुलका व्यक्तिहरूले नै गरिएको छ । जुन २० देखि जुन २४ सम् मभारतका प्रधानमन्त्री मोदीले अमेरिकाको राजकीय यात्रा गरेका छन् । सन् १९४७ देखि हासलसम्म भारतका तीन प्रमुख नेताहरूले यो अबसर प्राप्त गरेका छन् । सन् १९६३ मा भारतका तत्कालीन राष्ट्रपति सर्वोपलि राधाकृष्णले यो अवसर प्राप्त गरेका थिए । राधाकृष्ण मार्यादाको निक्षेप र न्यासधारी थिए ।

अक्सर्फोड र क्यामर्जिज विश्व विद्यालयमा उनको व्याख्यान हुने गथ्र्यो । अर्को शब्दमा भन्ने हो भने राधाकृष्णको वौद्धिक व्यक्तित्वको कारणले नै गर्दा उनले अमेरिकाको दुईवटै सदनलाई सम्वोधन गर्ने निमन्त्रणा पाएको थियो । इतिहासको आरोह र अवरोहमा नब्वेको दशकमा अमेरिकाको राजकीय यात्राको अवसर डा. मनमोहन सिंहलाई प्रालब्ध भएको थियो । अक्सर्फोड र क्यार्विजमा विश्व विख्यात अर्थशास्त्री रोवीन्सन र र्माशलको शोधार्ने देशमा विद्यावारिधी गरेका डा. सिंहले भारतीय अर्थतन्त्रलाई नयॉ दिशा निर्देश गरेका थिए । डा. सिंहको विराट वौद्धिक व्यक्तित्व र जाज्वलयमाण छविको कारणले नै गर्दा उक्त अबसर प्राप्त भएको थियो । तर वर्तमान अवस्था फरक देखिएको छ । अमेरिका(चिन(रसियाको त्रिकोणात्मक सम्वन्धले गर्दा अमेरिका-भारत सम्वन्धले एक नयॉ उ‘चाई प्राप्त गरेको छ । संसारको सर्वाधिक जनसंख्या भएको देश हुनुको साथै विश्वको पॉचौ अर्थतन्त्र हुनुको कारणले गर्दा विश्व राजनीति र कूटनीतिमा भारतको पदचापको महत्व देखिएको छ ।

वर्तमान परिवेषमा जी टेउन्टी र संघाई सहयोग संगठनको अध्यक्षताको कारणले गर्दा पनि भारतको महत्व र छवि बढेको देखिन्छ । कोरनाको कहरमा विश्वको सबभन्दा ठुलो औषाधालयको रूपमा परिचित हुनु र सबभन्दा कम समयमा सम्पूर्ण संयन्त्रलाई विद्युत्तिय करण (डिजिटलायजसन) गर्नु जस्ता कारणले गर्दा भारतको महत्व बढेको देखिन्छ । यस अर्थमा मोदी अमेरिकीको राजकीय भ्रमण प्रायोजित रहेको छ ।

यस पटकको मोदीको अमेरिका यात्रा बडो उत्साहित देखिएको छ । अमेरिकी राष्ट्रपति निवासमा ७ हजार भारतीय मुलकाहरुसंग साकाहारी भोजन गरेर विश्वमा महत्वपूर्ण सन्देश दिए । इतिहासको लामो यात्रामा कुनै पनि भारतीय नेताले यो सार्मथ्य हासिल गरेका थिएनन्। भारतीय मुलको अमेरिकी नागरिकहरू प‘हुच र पकडको कारणले समेत यो दृष्य सम्भव भएको थियो । तर मोदीको अमेरिकी यात्रा भावनात्मक यात्र रहेको छैन । अर्थात् मोदी यात्राको पूर्वसन्ध्यामा अमेरिकी सेकरट्री ऑफ स्टेट विलंकनले चीन यात्रा गरेका थिए । यो आपैmमा अर्थपूर्ण रहेको छ ।

विलंकनले चीनिया राष्ट्रपति सी लगायत पोलीट्व्यूरोका मुर्धन्य नेता वाङ् यीसंग समेत वार्ता गरेका थिए । चीन प्रति लचकिलो नीति लिदै विलंकनले ताइवामन प्रति नरम देखिएको छ । अर्को शब्दमा व्याख्या गर्दा अमेरिकाले चीनलाई प्रष्ट संकेत गरेको छ कि भारत जापान र अष्ट्रेलीया जस्तो अमेरिकी सुरक्षा कवचमा रहेको छैन । यी हु‘दा हुदै पनि मोदीको अमेरिकी यात्राको उपलब्धिको फेहरिस्त कम छैन ।

अमेरिकी प्रविधिको सहयोगमा भारतमा नै लडाकु विमान निर्माण गर्ने सहमति भएको छ । भारतले यो प्रविधिको उपयोग गर्न वित्तिकै शस्त्र बजारमा ठुलो ठाउ‘ पाउ‘नेछ । साथ साथै माइर्कोन कम्पनीको लगानीमा भारतको गुजरात राज्यमा सेमीकन्डक्टर उत्पादन गर्न समेत दुई मुलुक विच सहमति भएको छ । चीनसंग निर्भरता हटाउन र विश्व बजारलाई विकल्प दिन भारतमा सेमीकण्डकटर उत्पादन हुनु महत्वपूर्ण घटना हो ।

२ दशमलव ७ विलियन लगानीमा निर्माण हुन लागेको सेमीकण्डकटर कारखानाले भारतीय अर्थतन्त्रलाई टेवा दिनेछ । विकासको घरातल सोध नै हो भन्ने कुरामा मोदी सजग देखिएको छ । तदनुरूप विश्वको कहलिएको शोधसंस्थान नासासंग सहकार्यमा सहमति भएको छ । अर्थात् अमेरिका र भारतले अन्तरिक्षमा संयुक्त रूपमा शोध र परीक्षण गर्ने सहमती र समझदारी भएको छ । भारतको इष्ट्रो र अमेरिकाको नासाले आउ‘ने दिनमा संयुक्त रुपमा कार्यसम्पादन गर्ने समेत उद्घोष गरेको छ ।

भारतीय मुलका जनसमुदायलाई सम्वोधन गर्ने सम्बन्धमा मोदी अमेरिकी मुलुका वौद्धिक समुदायलाई भारतको राष्ट्रिय शिक्षा नीतिमा आवद्ध हुन आग्रह गरेका छन् । अर्थात् भारतीय शैक्षिक संस्थानलाई अब्वल बनाउ‘न अमेरिकी शोध संस्थानसंग आवद्धता गर्न अभिप्रेरित रहेको छ । सार्मथ्यको मापदण्ड नै शैक्षिक गुणस्तर रहेको कुरामा मोदी सहमत रहेको छ । प्रथम विश्व युद्धसम्म बेलायतले विश्व नेतृत्व लिनुको कारण अक्सफोर्ड र क्यामर्विज रहेको छ भने दोस्रो विश्व युद्ध पश्चात अमेरिकी नेतृत्वको कारण हार्वट र यल जस्ता शैक्षिक संस्थानहरू रहेको छ । भारतले जबसम्म आप्mनो शैक्षिक संस्थानहरूलाई सर्माथ्य बनाउ‘न सक्दैन तबसम्म मोदीको अमृत कालको सपना सम्भव छैन । हुनत प्राचीन भारत विश्व गुरु हुनुको कारण नालन्दा र तक्षशिला नै रहेको छ । इतिहास प्रतिको वोध मोदीमा पक्कै नै रहेको छ ।

मोदीको यात्राको प्रमुख उपलब्धि नै अमेरिकी सदनको सम्मोधन हो । मोदीको सम्बोधनको राप र ताप, ओज र जोश, उत्तेजना र सचेतना आपैmमा अदभुत थियो । उल्लास र उत्साहका साथ मोदीको हरेक शब्दलाई कृतध्वीका साथ अमेरिकी सदनले अनुमोदित गरिरहेको थियो । प्रजातन्त्रलाई दुई देश विचको सेतुको रूपमा व्याख्या गर्दै गान्धी र मार्टीन लुथरको मानव समानता र अश्मिता प्रतिको आवद्धतालाई स्मरण गर्दै अमेरिकी दिल दिमागमा ठाउ बनाउन मोदी सफल देखिए । आउने दिनमा विशवको तेस्रो अर्थतन्त्रको रूपमा भारत सफल हुने कुरामा मोदी विश्वस्त देखिन्थे ।

अमेरिकी सदनलाई सम्बोधन गर्ने क्रममा उनले विनोदपूर्ण अभिव्यक्तिका साथ कटाक्ष समेत प्रयोग गरेका थिए । अर्थात् प्रजातन्त्र प्रति आस्थाका कारण कुनै पनि पिडित र प्रताडित राष्ट्रलाई ऋणको फासोमा नफसाउने भारतको नीतिलाई उनले उद्घोष गरेका छन् ।

सम्बन्धमा निकटा हुदॉ हु‘दै पनि अमेरिका र भारत सम्बन्धका केही अप्ठ्यारा पाटाहरू समेत छन् । हालसम्म भारतले अमेरिकी सैनिकलाई वास दिएको छैन । अमेरिकाले कुनै पनि राष्ट्रसंग युद्ध गरेको खण्ड भारतले सैन्य बलले सहयोग गरेको इतिहास छैन । इरान, इराक, अफगानीस्तान लगायत अन्य मुलुकहरूसंगको द्वन्दमा अमेरिकाले भारतको सहयोग प्राप्त गरेको छैन । अमेरिकी नेतृत्वमा र युरोपेली सर्मथनमा रसियालाई नाकाबन्दी गर्दा भारतले तटस्थता कायम गरेको छ । क्वार्डमा सदस्यहरू सबै अमेरिकामा एलाई (सहयात्री) भएता पनि भारत एलाई रहेको छैन । अन्र्तराष्ट्रिय मञ्चहरूमा समेत अमेरिकाको विपक्षमा मतदान गर्ने इतिहास रहेको छ । यस पृष्ठ भूमिमा भारत अमेरिकी सम्बन्धले विश्व भू(राजनीतिलाई कसरी प्रभावित गर्ने छ भन्ने भविष्यको गर्भमा रहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया