८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

पोखरामा चीनको बढ्दो गतिविधि, अब हरेक वर्ष ड्रागन बोट फेस्टिबल


0
Shares

काठमाडौं, ९ असार । देशको पर्यटकीय शहर पोखरामा चिनियाँ गतिविधि बढेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋणमा बनाउँदै उसको गतिविधि बढेको थियो । अब विमानस्थल निर्माण पूरा भएपछि झन् गतिविधि बढेको हो ।

विमानस्थल निर्माण हुँदै गर्दा चिनियाँ लगानीका होटलहरु खुले । अहिले चीनले आफ्नो संस्कृतिहरु पोखरामा भित्राइरहेको छ ।

चीनको पहलमा पोखरामा ड्रागन बोट फेस्टिबल गरिएको छ । ड्रागन बोट फेस्टिबल ‘डान्बु जी’ भनेर चिनिन्छ जुन चीनको महत्वपूर्ण महोत्सव हो । यो चाइनिज क्यालेन्डर अनुसार लुनार पाचौं महिनामा मनाइन्छ । २ हजार वर्ष पुरानो चिनियाँ संस्कृति पोखरा भित्रिएको छ अहिले ।

नेपालमा पहिलोपटक पोखरामा ड्रागन बोट फेस्टिबल सुरु भएको हो । अब हरेक वर्ष पोखरामा यो फेस्टिबल मनाइने जनाइएको छ । ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएका ८ वटा फाइवरका डुंगा केरुङ नाका हुँदै ल्याइएको थियो ।

फेस्टिबलमा सहभागी चारवटा नौका टोली पोखरामा पहिलोपटक उडान भरेको अन्तर्राष्ट्रिय विमान सिचुवान एयरलाइन्सबाट बुधवार आएका थिए । चाटर्ड विमानबाट नौका टोली ल्याएर चीनले अन्तर्राष्ट्रिय उडानको सुरुवात गराएको हो । तर, नियमित उडान कहिले हुने टुंगो छैन ।

प्रतिक्रिया