१२ श्रावण २०८१, शनिबार | July 27, 2024

घण्टी पार्टीमा को को छिरे


0
Shares

काठमाडौं, ७ असार । घण्टी पार्टीको चर्चा चलिरहेको छ । मुख्य दलका लौरो टेक्न पर्ला भनेर जर्बजस्ती लस्किने नेताहरुका कारण दिक्क मानिरहेका जनताको ध्यान घण्टीतर्फ छ ।

घण्टी पार्टीका अध्यक्ष रवि लामिछाने देशभित्र माहोल बनिसकेको भन्दै विदेश सम्बन्ध बनाउन दौडिएका छन् । उनले विदेश सम्बन्ध सुमधुर भएकाहरुको साथ पनि लिन खोजेका छन् ।

डा. स्वर्णिम वाग्ले लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा पसेर तनहुँबाट चुनाव नै जिते । विगतमा राजनीति गर्न मन गरेका तर साहस नगरिरहेकाहरु पनि धमाधम घण्टी पार्टी छिरेका थिए ।

आज रास्वपाको स्थापना दिवस पारेर पूर्व बैंकर अनिलकेशरी शाह पनि घण्टी समाउन पुगेका छन् । अब उनी पनि नेता बनेका छन् । शाहको पनि विदेश सम्बन्ध राम्रो मानिन्छ ।

घण्टी पार्टीको अबको ध्यान बालेन साह र हर्क साम्पाङलाई प्रवेश गराउनमा रहेको छ । तर, बालेन आफै दल खोल्न चाहिरहेका छन् । हर्क साम्पाङको पनि आफ्नै शैली छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया