८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

भारतीय फिल्म रोक्ने मेयर बालेन साहको कदमविरुद्ध हल सञ्चालकहरु अदालतमा


0
Shares

काठमाडौं, ६ असार । फिल्म हलका सञ्चालकहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भारतीय फिल्म रोक्ने कदमविरुद्ध अदालतमा गएका छन् । नेपाल चलचित्र संघले भारतीय फिल्म प्रदर्शन रोक्ने साहको कदमविरुद्ध उच्च अदालतमा रिट दायर गरेका हुन् ।

पाटन उच्च अदालतले बुधवार चलचित्र संघको रिट दर्ता भएको जानकारी दिएको छ । रिटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई विपक्षी बनाइएको छ ।

आदिपुरुषमा सीता भारतीय छोरी हुने भन्ने आशयको संवाद रहेको भन्दै बालेन शाहले काठमाडौंमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएका छन् । तर, फिल्ममा त्यस्तो संवाद नरहेको टिप्पणीहरु नेपालका फिल्म विश्लेषकहरुले बताइसकेका छन् ।

आदिपुरुषको निमार्ता कम्पनीले पनि बालेन साहलाई पत्र लेखी फिल्ममा नेपालीको भावनामाथि ठेस पुग्ने संवाद भए माफी माग्ने स्पष्ट पारेको छ । उसले त्यस्तो संवाद नरहेको जिकिर समेत गरेको छ ।

प्रतिक्रिया