१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आदिपुरुषको खेल खतम, लगानी समेत उठ्न कठिन


0
Shares

काठमाडौं, ६ असार । रामायणको आधुनिक भर्सनमा बनाइएको चलचित्र आदिपुरुषलाई सुरुमै विवादमा पार्नुमा लगानीकर्ताको ग्रान्डडिजाइन थियो भन्ने खुल्दै गएको छ । बक्स अफिसमा पाचौं दिन आदिपुरुषको आम्दानी ह्वात्तै घटेको छ ।

चार दिनमै ३०० अर्बभन्दा बढी आम्दानी गरेर रेकर्ड कायम गरेको आदिपुरुषको आम्दानी मंगलवार ७५ प्रतिशतले घटेको छ । टी सिरिजले मंगलवारसम्म ३ अर्ब ७५ करोड भारु आम्दानी गरिसकेको जनाएको छ । हिन्दी भर्सनले ४० करोड आम्दानी गरेको उल्लेख छ ।

५ अर्ब भारु मा बनाइएको आदिपुरुषले लगानी उठाउन अझै एक अर्ब २५ करोड कमाउनुपर्नेछ । बक्स अफिसमा फिल्ममा चासो घट्दै जाँदा लगानी उठाउन पनि मुश्किल पर्ने देखिएको छ ।

आदिपुरुषका संवादहरु विवादमा परे । विशेषगरी संवादमा प्रयोग गरिएका वाक्यहरु सस्ता खालका रहेको टिप्पणी भए ।

काठमाडौंमा आदिपुरुषलाई प्रदर्शन प्रतिबन्ध नै लाग्यो । फिल्ममा सीतालाई भारतकी छोरी भनिएको भन्दै काठमाडौंका मेयर बालेन साहले प्रतिबन्धको घोषणा गरे । तर, त्यस्तो कहीं संवाद थिएन । फिल्मलाई प्रतिबन्ध लगाएर विवादमा पार्ने र चर्चामा लाने गरी धेरै गतिविधिहरु खुल्न थाले ।

भारतका लोकप्रीय कलाकार प्रभासलाई राम र सैफल खानलाई रावण पात्र बनाएर फिल्म बनाइएको थियो । फिल्ममा महङ्गा कलाकारका कारण लगानी पनि धेरै परेको हो ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया