६ माघ २०८१, आइतबार | January 19, 2025

प्रचण्डको ओभरटेकले ओली त्रसित


0
Shares

काठमाडौं, २ असार । राजनीतिमा मौकामा हीरा फोर्नेले नै बाजी मार्छ । त्यसका लागि आँट, धैर्यता र समयानुकूल चल्न सक्ने क्षमता अपरिहार्य छ ।

अहिले प्रधानमन्त्री प्रचण्डले खेल घुमाइरहेका छन् । उनले पछिल्लो समय समाजवादी मोर्चा गठन चाँडै घोषणा हुने खुलासा गरे । यसले राजनीतिक तरंग ल्याएको छ । क्रिया प्रतिक्रिया आइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिवार राजधानीमा बोल्दै बलियो कम्युनिस्ट शक्ति निर्माणका लािग समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । नेकपा एसले समाजवादी केन्द्रमा सहभागी हुने निर्णय लिइसकेको छ । शनिवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी केन्द्र एमालेलाई चुनौती दिन र काँग्रेसलाई तर्साउन गठन गर्न लागिएको टिप्प्णी गरेका छन् । उनले एमाले केन्द्रीय कार्यालयमा बोल्दै समाजवादी केन्द्र गठन गर्न लागेकाहरुबारे राम्रो जानकारी भएको समेत बताए ।

नेपालमा प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जसपा, बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलगायतले समाजवादी केन्द्र गठनको अन्तिम तयारी गरिसकेका छन् ।

प्रचण्डले समय अनुसार आफूलाई ह्वात्तै बदल्छन् । उनले भारतसँग सन्तुलित सम्बन्ध राख्ने देखि उचित समयमा उचित मोर्चा वा दल गठन गर्ने देखि पार्टी नै विघटन गर्ने सम्मको निर्णय लिने गरेका छन् ।

प्रतिक्रिया