३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली र प्रचण्डको तानातानमा वामदेव


0
Shares

काठमाडौं, ३१ जेठ । ७५ टेक्न लागेका वामदेव गौतमलाई तान्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद नै हटाइदिए । एमालेको विधानमा ७० वर्षे उमेरहद छ । अघिल्लो महाधिवेशनमा पनि ओलीकै लागि विधानमा तोडमोड गरियो ।

अब गौतमलाई तान्ने भन्दै ओली नै फेरि एमालेको अध्यक्ष बन्न खोजेका छन् । त्यसो त गौतमले पनि एमाले पस्ने कुरा सुनाइरहेका छन् । तर, उनको नाम एकाएक समाजवादी मोर्चामा सुनियो ।

प्रचण्डले नेतृत्व गर्ने गरी समाजवादी मोर्चा गठनको तयारी अन्तिम चरणमा पुगेको छ । जसमा माधव नेपाल, झलनाथ खनाल बाबुराम भट्टराई, उपेन्द्र यादव समेत हुनेछन् ।
वामदेवलाई महत्वपूर्ण जिम्मेवारी दिएर समाजवादी मोर्चा गठन गर्न खोजिएको छ । उनी अहिले प्रचण्ड र ओलीको तानातानमा परेका छन् ।

ओलीले पनि वामदेवलाई एमालेमा ल्याउन चाहिरहेका छन् । तर, पदको कुरा मिल्न सकिरहेको छैन ।

 

प्रतिक्रिया