११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा को को


0
Shares

काठमाडौं, ३१ जेठ । कुनै अप्रत्याशित घटना नभए अर्को हप्तासम्म समाजवादी मोर्चा गठन हुँदैछ । मोर्चामा बहालवाला प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्रीहरु वामदेव गौतम र उपेन्द्र यादवको सहभागिता रहनेछ ।

मोर्चाको नेतृत्व प्रचण्डले गर्ने छन् । समाजवादी मोर्चाको दस्तावेज पनि तयार भइसकेको छ । मोर्चा केही दिनमै घोषणा हुने प्रचण्डले दाङ पुगेर खुलासा गरेका छन् ।

मोर्चा गठन गरेर भविष्यमा पार्टीको स्वरुप दिने तयारी समेत भएको छ । यसो भएमा मोर्चा संसदमा झण्डै नेकपा एमाले जस्तै हुनसक्छ । प्रचण्डले एमालेको विकल्प दिने गरी मोर्चा गठनको तयारी गरेको देखिदैछ ।

विप्लव समूहलाई पनि सहभागी गराएर प्रचण्ड अगाडि बढ्न खोजिरहेका छन् । एमाले पस्न लागेका वामदेवलाई पनि रोकेका छन् प्रचण्डले ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया