२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई शतप्रतिशत सांसदबाट विश्वासको मत


0
Shares

काठमाडौं, ३० जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् । आज मगलबार उनले प्रदेश सभाका कुल १०३ सांसदबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग आवद्ध छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिएका हुन् ।

मधेश प्रदेशमा १० दल र स्वतन्त्रका गरी १०३ सांसद छन् । सबैबाट विश्वासको मत प्राप्त गरेर यादव उत्साही भएका छन् ।

प्रतिक्रिया