१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड र बाबुराम भट्टराईलाई ‘युद्ध अपराध’ मा जेल हाल्ने खेल


0
Shares

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ महिनामा आफूलाई मार्ने षड्यन्त्र भएको बताएका थिए । आफूले भ्रष्टाचारविरुद्ध कडा कदम चालेको भन्दै प्रचण्डले ठूलै षड्यन्त्रको विषय उठाएका थिए । ठिक केही हप्तामै प्रचण्डविरुद्ध मुद्दा दर्ताको आदेश जारी भयो ।

लेनिन बिष्टले दायर गरेको युद्ध अपराधको रिट दरपीठ भएपनि दर्ताको आदेश हुनेवित्तिकै सुनुवाई भयो । मुद्दाले अग्राधिकार पनि पाएको छ आज ।

माओवादीका पूर्व बाल लडाकु लेनिन बिष्टले दायर गरेको रिट हो यो । उनले हेग लाने चेतावनी दिदै आएका थिए ।

प्रचण्ड र बाबुरामविरुद्ध दर्ता भएको रिटमा बिष्टले बालसेनाका रुपमा प्रयोग गरी युद्ध अपराध गरेको आराप लगाएका छन् ।

प्रचण्ड नेतृत्वको माओवादीले सशस्त्र गतिविधिका बेलामा ठूलो संख्यामा बाल सैनिक प्रयोग गरेको रिटमा भनिएको छ ।

बिष्टले बालसैनिक भएकै आधारमा लडाकु शिविरबाट अयोग्य घोषित गरी निकालिएको रिटमा उल्लेख गरेका छन् ।

लेनिन बिष्ट बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष हुन् । बिष्टले सशस्त्र द्वन्द्वकालमा माओवादीले २००२ मा आफूलाई सैन्य भर्ती गर्दा १३ वर्ष मात्र भएको उल्लेख गरेका छन् । संयुक्तराष्ट्रसंघीय नेपालस्थित मिसनको भेरिफिकेशनले २९७३ जनालाई बाल सैन्यको रुपमा सूचीकृत गरेको थियो ।

नेपालमा २००६ मा माओवादी सशस्त्र गतिविधि अन्त भएको थियो । शान्ति प्रक्रियाका दौरान माओवादी लडाकुको समायोजन हुँदा अनमिनले बालसैनिकलाई अयोग्य घोषित गरेको थियो । जसका कारण बालसैनिकको प्रयोगको विषय उठ्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया