१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रपति पौडेललाई हृदयघात, एनजिओग्राफी गरी मुटुको भल्व खोलियो


0
Shares

काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल हृदयघात भएपछि आकस्मिक उपचार गरिएको छ । उनलाई गंगालाल हृदयरोग केन्द्र लगी मंगलवार विहान एनजिओग्राफी गरिएको हो ।

विश्वस्त स्रोतले बताए अनुसार हृदयघात देखिएपछि एनजिओग्राफी गरी मुटुको भल्व खोलिएको हो । २४ घन्टा निगरानीमा रहनुपर्ने भएकाले उनी आज अस्पतालमै रहनेछन् ।

पौडेलको अवस्था सामान्य रहेको जनाइएको छ । उनी चैत्रमा राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति पौडेललाई वैशाखको सुरुमामा भारतमा उपचारका लागि लगिएको थियो । उनको पेटमा समस्या देखिएको थियो । भारतबाट फर्किएपछि उनलाई फेरि अर्को ठूलो समस्या देखिएको हो ।

पौडेल ७९ वर्षका भए । उनले लामो समय नेपाली काँग्रेसबाट राजनीति गरे ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया