२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पशुपतिनाथमा पहिलोपटक पसे प्रचण्ड


0
Shares

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक पशुपतिनाथ पसेका छन् । उनी आज साँझ पशुपतिनाथ प्रवेश गरी दर्शन गरेका हुन् ।

पशुपतिनाथमा दर्शनपछि प्रचण्ड माला र रुद्राक्षसहित देखिएका थिए । उनी माओवादी नेता भएपछि पहिलोपटक पशुपतिनाथ प्रवेश गरेका हुन् ।

प्रचण्डको साथमा छोरी गंगा दाहाल र मन्त्रीहरु पनि पशुपतिनाथ पुगेका थिए । प्रचण्डले भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वरको दर्शन गरेका थिए । उनी पहिलोपटक मन्दिर दर्शनका लागि पुगेपछि चर्चा भएको थियो ।

२० जेठमा भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले पशुपतिनाथ दर्शन गरेर महत्वपूर्ण सन्देश दिएका छन् । उनको साथमा भारत भ्रमणमा जाँदा महाकालेश्वर दर्शन गर्ने चारजना मन्त्रीहरु पनि पशुपतिनाथको दर्शनमा सहभागी थिए ।

प्रचण्डलाई धर्मनीरपेक्षका मुख्य पक्षधरका रुपमा लिने गरिन्छ । तर, पछिल्लो समय उनी धार्मिक कार्यक्रममा पनि सहभागी हुन थालेका छन् ।

प्रतिक्रिया