१२ श्रावण २०८१, शनिबार | July 27, 2024

४६३९ मेगावाट क्षमताका विद्युत आयोजना निर्माणमा भारतीय कम्पनी


0
Shares

काठमाडौं, २५ जेठ । नेपालको विद्युतको मुख्य बजार नै भारत हो । बजारको साथै लगानी पनि भारतबाट नै धमाधम हुन थालेको छ । नेपालका सात ठूला जलविद्युत आयोजना विकासको जिम्मा पाएका भारतीय कम्पनीमध्ये अधिकांशले कामलाई गति दिइरहेका छन् । ती सात आयोजनाहरुबाट ४ हजार ६३९ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई नयाँ जलविद्युत परियोजना विकास सम्बन्धी सम्झौता भएको हो । नयाँ सम्झौता भएका जलविद्युत आयोजनाहरुमा अपर अरुण र फुकोट कर्णाली छन् ।

भारतीय कम्पनीले निर्माणको जिम्मा पाएका जलविद्युत आयोजनाहरुमा ९०० मेगावाटको अरुण थर्ड, ४९० मेगावाटको अरुण फोर्थ, ६६९ मेगावाटको लोअर अरुण, ७५० मेगावाटको वेष्ट सेती, ४५० मेगावाटको सेती नदी-६, ४८० मेगावाटको फुकोट कर्णाली र ९०० मेगावाटको माथिल्लो कर्णाली छन् ।

भारतीय कम्पनीले निर्माणको जिम्मा पाएका आयोजनाहरुमध्ये अरुण थर्ड, वेष्ट सेती र सेती नदी सिक्थ को काम द्रुत गतिमा भइरहेको छ । लगानी बोर्डले यी आयोजनाको काम सन्तोषजनक भइरहेको जनाएको छ ।

जीएमआर कम्पनीले निर्माणको जिम्मेवारी पाएको अपर कर्णालीको काम भने अगाडि बढेको छैन । २०१४ मा जीएमआरसँग परियोजना विकास सम्झौता पीडीए भएपनि अझै कामले गति लिएन ।

नेपालमा भारतबाहेक देशका कम्पनीले पनि जलविद्युत आयोजनामा लगानीको इच्छा देखाएका थिए । तर, अन्य देशको लगानी भएका आयोजनाको विजुली नकिन्ने भारत सरकारको निर्देशिकाका कारण गैरभारतीय कम्पनीहरु आयोजना निर्माणबाट बाहिरिए । विशेषगरी चिनियाँ कम्पनीहरुले धमाधम हात झिकेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया