३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सीके राउतपछि बालेन र रविको रहस्यमय भारत यात्रा


0
Shares

काठमाडौं, १९ जेठ । यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा छन् । तर, ठिक यही बेला केही प्रभावशाली नेताहरु पनि भारत पुगेका छन् ।

संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने यसै हप्ता मुम्बई पुगे । त्यहाँबाट उनी साइबाबालाई भेट्न पुगेका छन् । रविका साथमा पत्नी निकिता पौडेल पनि छिन् ।

नेपालका अर्का प्रभावशाली नेता काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि भारत पुगेका छन् । उनी बिहिवार बैंगलोर पुगेका छन् । बालेन साहको साथमा पत्नी सविना काफ्ले छिन् ।

प्रचण्ड भारत भ्रमणमा जानुभन्दा ठिक अघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि भारत पुगेका थिए । उनले भारतमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग पनि भेटेका थिए । राउत नेपाल फर्किइसकेका छन् ।

नेपालमा नयाँ राजनीतिक शक्तिहरु प्रभावशाली भइरहँदा तिनका नेताहरु भारत भ्रमणमा जानुलाई अर्थपूर्ण मानिएको छ । रवि लामिछाने, बालेन साह र सीके राउत उदीयमान शक्तिका नेता हुन् ।

लगातार नेताहरुको भारत दौडलाई भावी राजनीतिलाई प्रभावित पार्ने गरी खिचडीं पाकिरहेको त छैन ? चासो बढेको छ ।

प्रतिक्रिया