१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गाँजा खेती वैधानिकतातर्फ, सम्भाव्यता अध्ययनको घोषणा


0
Shares

काठमाडौं, १५ जेठ । देशमा गाँजाले वैधानिकता पाउने सम्भावना देखिएको छ । सरकारले नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययनको घोषणा गरेको छ ।

नेपाल सरकारले आज सोमवार बजेटमार्फत् यसको घोषणा गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधी प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।

देशमा गाँजालाई वैधानिकता दिनुपर्ने आवाज उठ्दै आएको छ । यसबीच अर्थमन्त्रीले महत्वपूर्ण घोषणा गरेका हुन् ।

गाँजाको खेती गाउँहरुमा लुकिछिपी हुँदै आएको छ । तर, सरकारले त्यस्ता खेती नष्ट गर्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया