२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

यार्सा खोज्न गएका एकको मृत्यु दुई वेपत्ता


0
Shares

काठमाडौं, ७ जेठ । बझाङमा हिमपहिरोमा परी एकको मृत्यु हुनाको साथै २ जना वेपत्ता भएका छन् । घटनामा परेकाहरु हिमाली जडिबुटी यार्सागुम्बा संकलन गर्न गएका थिए ।

बझाङ जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले आइतवार विहान भएको घटनामा वेपत्ताको उद्धारका लागि सुरक्षाकर्मी खटिएको बताइन् । दुई जना घाइतेको उद्धार भइसकेको घटनास्थलका स्थानीयवासीको भनाई उदृत गर्दै जोशीले जानकारी दिइन् ।

यो वर्ष हिमपहिरोले यार्सा खोज्न गएका एक दजर्नभन्दा बढीको मृत्यु भइसकेको छ । यो मौसम यार्सा संकलनका लागि उत्तम समय भएपनि अत्याधिक हिमपातले समस्या ल्याएको छ ।

प्रतिक्रिया