१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा क्रिष्चियन ५ प्रतिशत पुगेको अमेरिकी रिपोर्ट


0
Shares

काठमाडौं, ३ जेठ । नेपालको क्रिष्चियन जनसंख्या बढेको चर्चा चलिरहँदा अमेरिकाले ५ प्रतिशत पुगेको रिपोर्ट नै सार्वजनिक गरेको छ । नेपालमा जनगणनाको रिपोर्ट सार्वजनिक भएपनि धर्मालम्बी र जातिसम्बन्धी गणना सार्वजनिक नगरेर गोप्य राखिएको रिपोर्ट अमेरिकीको हातमा पुगेको हो ।

अमेरिकाले नेपालमा ५ प्रतिशत क्रिष्चियन जनसंख्या पुगेको सार्वजनिक गरेको छ । अममेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नागरिक समाजका व्यक्तिको भनाई भन्दै ५ प्रतिशत क्रिष्चियन पुगेको भनिएको छ ।

अमेरिकाले नेपालमा हिन्दूत्व पक्षधरलाई भारतीय जनता पार्टीले पैसा दिने गरेको आरोप समेत लगाएको छ । उसले हिन्दूराष्ट्रको पक्षमा अभियान नै चलाएर धर्मनीरपेक्षता अन्त गर्न खोजिएको भनेको छ । हिन्दूराष्ट्र पक्षधरले सामाजिक सञ्जालमा पनि अभियान चलाइरहेको रिपोर्टमा उल्लेख छ ।

प्रतिवेदनमा नेपालमा इशाईको संख्या बढेर ५ प्रतिशत पुगेको उल्लेख छ । नेपालमा २०२१ मा गरिएको जनगणनाको रिपोर्ट सार्वजनिक भएपनि धर्मालम्बीको प्रतिशत सार्वजनिक गरिएको छैन । तर, अमेरिकाले ५ प्रतिशत इशाईको संख्या रहेको उल्लेख गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

अमेरिकाले हिन्दू, बौद्ध र इस्लामको विद्यालय खोल्न दिने गरिएको तर इशाईको स्कुलमा रोक लगाइएको विषय पनि उल्लेख गरेको छ । मदरसाको संख्या बढेको प्रतिवेदनमा भनिएको छ ।

धार्मिक स्वतन्त्रतामा चुनौती थपिएको र इशाईहरु समस्यामा पारिएको भनिएको छ ।

नेपालमा अमेरिका र यूरोपेली यूनीयन सम्वद्ध संघसंस्थाहरुले हिन्दुत्वविरुद्ध अभियान नै चलाइरहेका छन् । उनीहरुले धर्मनीरपेक्षताका नाममा हिन्दुत्व विचारधारालाई चुनौती दिइरहेका छन् । यस्तो अवस्थाबीच अमेरिकी प्रतिवेदन सार्वजनिक भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया