३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बँगलादेशले नेपालसँग ४० मेगावाट विजुली किन्ने, जलविद्युतमा लगानीको सहमति


0
Shares

काठमाडौं, ३ जेठ । नेपाल र बँगलादेशबीच विद्युत व्यापारको सहमति बनेको छ । नेपालमा उत्पादित ४० मेगावाट सम्म विद्युत बंगलादेशमा निर्यात गर्न विद्युत विक्री सम्झौता चाँडै गर्ने सहमति भएको हो ।

नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेको बँगलादेश भ्रमणमा मङ्गलवार दुई पक्षबीच विद्युत व्यापारसम्बन्धी विभिन्न सहमति बनेको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणमा ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सहमतिबारे जानकारी दिए ।

विद्युत व्यापारका लागि अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्य विकल्पको अध्ययन गर्ने सहमति समेत बनेको छ । भारतलाई संलग्न गराएर विद्युत क्षेत्रमा सहकार्यका लागि संयन्त्र स्थापनाका लागि पहल गर्न नेपाल र बंगलादेश सहमत भएका छन् ।

नेपालले बँगलादेशलाई विद्युत विक्रीको तयारी गरिरहेको छ । तर, अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भारतको भूमि समेत पर्ने भएकाले दुवै देश भारतलाई मनाउन पहल गरिरहेका छन् ।

नेपालले केही वर्षयता भारतलाई मात्र विद्युत विक्री गर्दै आएको छ ।

प्रतिक्रिया