२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पासाङ दावा शेर्पाद्वारा सगरमाथाको किर्तिमानी २६औं पटक आरोहण


0
Shares

काठमाडौं, ३१ वैशाख । पासाङ दावा शेर्पाले २६औं पटक सगरमाथाको सफल आरोहरण गरेका छन् । उनले आइतवार विहान सफलतापूर्वक आरोहरण गरेर किर्तिमान बनाएका हुन् ।

नेपालकै कामिरीता शेर्पाले २६ पटक सगरमाथाको सफल आरोहरण गरेको किर्तिमान बनाएकोमा उनले पनि त्यसको बराबर गरेका छन् । कामिरिता पनि २७औं पटक सगरमाथा चढ्न गएका छन् ।

यो वर्षको वसन्त ऋतुमा आइतवारबाट सगरमाथाको आरोहण सुरु भएको छ । आजै तीन नेपालीका अलावा अमेरिकी, पाकिस्तानी र हंगेरियन नागरिकसहित ६ जनाले आरोहरण गरेका छन् ।

नेपालको पर्यटन विभागले शनिवार विज्ञप्ति जारी गरेर रोप फिक्सिङ सम्पन्न भएको जानकारी दिएको थियो । लगत्तै आज विहानबाट सगरमाथाको चुचुरोमा आरोही पुग्न थालेका थिए ।

सगरमाथामा यो वसन्त ऋतुमा अहिलेसम्मकै सर्वाधिक संख्यामा आरोही पुगेका छन् । पर्यटन विभागका अनुसार यो वर्ष ११७६ जनाले नेपालका हिमाल चढ्ने अनुमति पाएका छन् । जसमध्ये ४७८ सगरमाथा चढ्न अनुमति पाउनेहरु छन् ।

प्रतिक्रिया