१२ श्रावण २०८१, शनिबार | July 27, 2024

को हुन् महिला मन्त्रालय पाउने सुरेन्द्र आचार्य


0
Shares

काठमाडौं, २४ वैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री थपिएका छन् । नेपाली काँग्रेसबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

कपिलवस्तु क्षेत्र नं २ बाट मा मंसिर ४ को चुनाव जितेका आचार्य राष्ट्रपति पौडेल निकट हुन् । पौडेललाई कठिन घडीमा पनि साथ दिएका आचार्यले महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गरेका छन् । उनी अघिल्लो चुनावमा प्रदेशमा राज्यमन्त्री सम्म भएका थिए ।

आचार्यसहित नेपाली काँग्रेसबाट ९ मन्त्री सरकारमा सहभागी भएका छन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्री प्रचण्डसहित २३ सदस्य पुगेका छन् जसमा दुई जना राज्यमन्त्री छन् ।
यसअघि नेपाल समाजवादी पार्टीका नेता महीन्द्र यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका थिए । यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रचण्डले नवौं पटक क्याबिनेट विस्तार तथा हेरफेर गरिसकेका छन् । अब वन मन्त्रालय मात्र प्रचण्डको जिम्मेवारीमा छ । उक्त मन्त्रालयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराउने तयारी भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया