२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

दार्चुलामा हिमपहिरोमा वेपत्ता ३ को शव फेला


0
Shares

काठमाडौं, २० वैशाख । दार्चुला जिल्लामा यार्सागुम्बा खोज्न गई हिमपहिरोले वेपत्ता भएकामध्ये तीनजनाको शव फेला परेको छ । दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले घटनास्थलभन्दा ६ सय मिटर तल खोल्चामा हिमपहिरोले पुगिएको अवस्थामा शव आज बुधवार फेला परेको जानकारी दिए ।

भेटिएकामध्ये एकजना १८ वर्षका पुरुष छन् भने २ जना महिला छन् । वेपत्ता २ जनाको खोजी जारी रहेको धामीले बताए । पानी परिरहेकाले उद्धार कार्यमा समस्या थपिएको उनको भनाई थियो । २६ जना प्रहरी उद्धारमा खटिएको जानकारी दिए ।

१२ जनामध्ये ७ जना सकुशल भेटिएका थिए । घटनास्थल दार्चुलाको व्यास गाउँपालिकाको छारुङ भन्ने ठाउँ हो । उक्त स्थानमा यार्सागुम्बा टिप्न १२ जना नाम्पा हिमालतर्फ गएकोमा प्रतिकूल मौसम भएपछि टेन्ट गाडेको ठाउँमा फर्कंदा हिमपहिरो आएको थियो ।

देशमा गएको चारदिनमा हिमाली क्षेत्रमा व्यापक हिमपात हुँदा पश्चिम नेपालको हिमाली भेगमा यार्सा टिप्न जानेहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया