३१ भाद्र २०८१, सोमबार | September 17, 2024

युएईमाथि जित निकाल्दै नेपाल एशिया कपमा छनोट


0
Shares

काठमाडौं, १९ वैशाख । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार यूएईविरुद्ध जित निकाल्दै नेपालले उपाधि जितेको छ ।

युएईले ११८ रनको लक्ष्य दिएकोमा नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटेको हो ।

नेपालका लागि गुल्सन झाले अर्धसतक बनाए । उपाधि जित्दै नेपाल एशिया कप क्रिकेट खेल्न पाउने भएको छ ।

सोमवारको खेल वर्षाले रोकिएपछि आज निरन्तरता पाएको थियो । नेपालले सुरुमा कमजोर ब्याटिङ गरेपनि गुल्सन झा लयमा आउँदा नेपालले जीत निकाल्न सक्यो ।

पछिल्लो समय नेपालले क्रिकेटमा महत्वपूर्ण सफलता हासिल गर्दै आएको छ । नेपाल विश्वकप छनोटको अघिल्लो चरणमा समेत प्रवेश गरेको छ ।

प्रतिक्रिया