१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डले रवि लामिछानेलाई मनाउन सक्लान् ?


0
Shares

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गृहजिल्ला चितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको खुलासा गरे । उनले लामिछानेको माग सम्बोधन गर्न आफू तयार गरेको सम्म भने ।

लामिछानेले राजनीतिक मुद्याहरु उठाएको भएपनि मुख्य विषय सत्तामा रास्वपाको भागको विषय पनि परेको छ । उनी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको मागमा अडिग छन् । यसबाहेक थप दुई मन्त्रालय पनि उनको माग रहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड रविको माग पूरा गर्न सकारात्मक छन् । विश्वस्त स्रोतका अनुसार गृह दिन पनि प्रचण्ड लचिलो भइसकेका छन् । तर, रविलाई मनाउन सजिलो छैन । रवि नेतृत्वको रास्वपाभित्र प्रतिपक्षमै रहने दबाब बढिरहेको छ ।

आइतवार मात्र प्रचण्डले लामिछानेलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर भेटेका थिए । लामिछानेले सरकारलाई दिइआएको समर्थन फिर्ता लिनसक्ने संकेत गरेका थिए । यसबारे आज सोमवार रास्वपा केन्द्रीय कार्यसमिति बैठक बसेर टुंगो लगाउँदैछ ।

तर, प्रचण्डले रास्वपाले सरकारलाई दिइआएको समर्थत फिर्ता नलिने दाबी गरे । उनले भने, समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया