३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चितवनमा रवि लामिछानेको जीत सुनिश्चित


0
Shares

काठमाडौं, १२ वैशाख । चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीहरु नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेभन्दा १९ हजार बढी मत ल्याइसकेका छन् ।

लामिछानेको २४ हजार १३६ मत पुग्दा श्रेष्ठको ५ हजार ३२१ मत छ । न्यौपानेको ४ हजार ७७२ मत रहेको छ ।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको ४ हजार ७१७ मत छ । जनमत पार्टीका शिवचन्द्र कुशवाहाको ३ हजार ८४३ मत छ । नेकपा एमालेका पुरुषौत्तम पौडेलको १९ सय ६७ मत छ । बारामा रास्वपाका रमेश खरेल निकै पछि छन् ।

प्रतिक्रिया