२३ भाद्र २०८१, आइतबार | September 8, 2024

तनहुँमा मंसिरमा भन्दा कम मत खस्दा स्वर्णिम वाग्लेलाई धक्का


0
Shares

काठमाडौं, १० वैशाख । तनहुँ १ मा मंसिर ४ को निर्वाचनमा भन्दा आइतवारको उपनिर्वाचनमा कम मत खसेको छ । कम मत खस्नु भनेको लोकप्रीय मतको आशा गर्ने उम्मेदवारका लागि धक्का हो । यसले पनि स्वर्णिम वाग्लेलाई चुनाव जित्न कठिन देखिएको छ ।

बलियो संगठन रहेको नेकपा एमालेले मत जोगाउन सकेमा मात्र पनि बाजी मार्नसक्छ । अर्कोतर्फ, संगठन र मास मतदाता रहेको दल हो नेपाली काँग्रेस । उसका लागि पनि चुनावी परिणाम महत्वपूर्ण हुन्छ ।

अघिल्लो चुनावको भन्दा कम प्रतिशत मतदान हुनुले पनि वाग्लेलाई धक्का लाग्ने देखिएको हो । मंसिर ४ को चुनावमा नेपाली काँग्रेसबाट रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएकोमा काँग्रेसको ५ हजार सम्म मत घट्दा पनि जीतको सम्भावना रहेको छ । नेकपा एमालेले १९ हजार ९८१ मत प्राप्त गरेको थियो । उसले यो मत जोगाएमा पनि जीतको सम्भावना रहन्छ ।

पूर्वगृहमन्त्री गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए । उनले काँग्रेसलाई साथ दिएनन् । रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।
स्वर्णिमको घण्टी चिन्हले चुनाव जित्न रास्वपाले यसअघि पाएको मतभन्दा कम्तिमा १० हजार ल्याउनैपर्छ । जुन कठिन देखिन्छ ।

तनहुँ काँग्रेसको गढ मानिन्छ । त्यसमाथि राष्ट्रपति रामचन्द्र पौडेलको गृहक्षेत्र हो । यसले पनि काँग्रेसका लागि तनहुँको चुनाव प्रतिष्ठाको विषय बनेको छ ।

काँग्रेस र रास्वपाको टकरावबीच एमालेका सर्वेन्द्र खनालले बाजी मार्नसक्ने सम्भावना उत्तिकै छ । चुनावमा स्वर्णिम वाग्लेले भने सोचेजस्तो मत हासिल गर्न नसकेको बुझिएको छ ।

प्रतिक्रिया