३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पृथ्वीनारायण शाहलाई बिर्सेका प्रचण्डले लेनिनलाई यसरी सम्झिए (सन्देशसहित)


0
Shares

काठमाडौं, ९ वैशाख । राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई बिर्सेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी क्रान्तिका कम्युनिस्ट नेता लेनिनलाई सम्झिएर शुभकामना व्यक्त गरेका छन् । उनले सन्देशमार्फत् भ्लादिमिर लेनिको १५३औं जन्मजयन्ती र नेकपाको ७४औं स्थापना दिवसमा दश वर्षे हिंसात्मक गतिविधिलाई महान ‘जनयुद्ध’ भनेका छन् ।

प्रचण्डले गणतन्त्त, संघीयता, धर्मनिरपेक्षताप्रति प्रतिवद्धता दोहोराएका छन् । देशमा राजसंस्थासहितका हिन्दूराष्ट्र र संघीयता विरोधी आवाज बढ्दै जाँदा प्रचण्डको भनाई आएको हो । उनल वामपन्थी एकतामा समेत जोड दिएका छन् ।

प्रतिक्रिया