१० जेष्ठ २०८१, बिहिबार | May 23, 2024

नयाँ वर्ष २०८० को स्वागतमा हिन्दू स्वयंसेवक संघद्वारा देशभर दीप प्रज्ववलन


0
Shares

काठमाडौं, ३० चैत्र । नयाँ वर्ष २०८० को स्वागतमा हिन्दू स्वयंसेवक संघद्वारा देशभर दीप प्रज्ववलन भएको छ । आज बिहिबार साँझ संघले मन्दिर, देवस्थल, मुख्य चोकहरुमा दीप प्रज्ववलन आयोजना गरेको हो ।

हाम्रो नववर्ष हाम्रो गौरव नाराका साथ संघले घर, मन्दिर, देवालय, गुम्बामा दियो बाल्न आव्हान गरेको थियो ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा नेपालको नक्सा बनाई वृहत्त दीप प्रज्जवन कार्यक्रम आयोजना गरिएको थियो । ललितपुरको महालक्ष्मीस्थानमा पनि दीप प्रज्ववलन गरिएको थियो ।

नेपालमा विक्रम संवत्लाई सरकारी र जनस्तर दुवै तहमा मान्यता प्राप्त छ । यही क्यालेन्डर चलनचल्तीमा छ । हरेक वर्ष वैशाख १ गते नयाँ वर्ष भव्यताका साथ मनाइन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया