४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

प्रचण्ड सरकारले भित्रन दियो चीनबाट ९० टन विष्फोटक पद्धार्थ


83
Shares

काठमाडौं, २९ चैत्र । तेस्रोपटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनेवित्तकै नेपालको चीनसँगको सीमा खुल्न थालेको छ । रसुवागढी नाका दुईतर्फी खुलिसकेको छ । तातोपानी नाका पनि वैशाखभरमा खुल्ने गरी तयारी भइरहेको छ । धमाधम चीनबाट उच्च अधिकारीहरु नेपाल आउन थालेका छन् । यो संयोग मात्र होइन । यही बेलामा चीनबाट नेपालमा ९० टन विष्फोटक पद्धार्थ भित्रिएको छ । नेपालमा सञ्चालित चिनियाँ लगानीका उद्योग र आयोजनाका लागि पहिलोपटक चीनबाट बिष्फोटक पद्धार्थ भित्रिएको हो ।

नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बिष्फोटक पद्धार्थ चीनबाट भित्रिएको पुष्टि गरे । सरकारको अनुमतिमै बिष्फोटक पद्धार्थ प्रक्रिया मिलाएर भित्राइएको हो । बिष्फोटक पद्धार्थको अभाव भई उद्योग र पूर्वाधार आयोजनामा असर परेको भन्दै व्यवसायीले सरकारसँग आग्रह गरेपछि अनुमति दिइएको बुझिएको छ । सैनिक प्रवक्ता भण्डारीले सरकारले अनुमति दिएरै बिष्फोटक पद्धार्थ भित्राउन सकिने जानकारी दिए । उनले गृह मन्त्रालयबाट सुझावका लागि रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको मुख्यालयमा राय मागिने गरिएको बताए । बिष्फोटक पद्धार्थको अभाव भई उद्योग र विकास आयोजनाहरुमा असहजता देखिएपछि सेनाले राय दिएपछि चीनबाट भित्रिएको हो ।

अहिले ल्याइएको ९० टन बिष्फोटक पद्धार्थ चीनको लगानीको होङ्सी शिवम् सिमेन्ट र सान्जेन खोला जलविद्युत आयोजनाका लागि हो । सान्जेन जलविद्युत चाइना हार्वर इन्जिनियरिङ कम्पनी लिमिटेडद्वारा प्रवर्दित सलासुंगी पावर लिमिटेडले निर्माण गरिरहेको छ । चीनबाट ५०० टन बिष्फोटक पद्धार्थ ल्याउन लागिएको नेपालको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले खुलाएको छ । यसअघि नेपालले भारतबाट मात्र विकास आयोजनाका लागि आवश्यक विष्फोटक पद्धार्थ ल्याउने गर्दथ्यो । भारतले चिनियाँ आयोजनाहरुका लागि आवश्यक बिष्फोटक पद्धार्थ दिन आनाकानी गरेको विषय उठेको थियो । नेपालमा ठूला आयोजनाहरुमा चिनियाँ कम्पनीको संलग्नता बढेको छ । तर, ती कम्पनीहरुको काममा ढिलाई देखि गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ ।

यसैगरी, चीनले नेपालसँगको तातोपानी नाकालाई एक साताका लागि पूर्ण रुपमा बन्द गराएको छ । उसले पूर्ण रुपमा खुलाउने तयारी भइरहेको भन्दै एक साता बन्द गरेको जानकारी गराएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रुपमा खुलाउन २८ चैत्रबाट २ वैशाखसम्म बन्द हुनेछ । कार्गो आदानप्रदानको तयारीका लागि जाङ्मु र तातोपानी सुख्खा बन्दरगाह अस्थायी रुपमा बन्द हुने उल्लेख छ । तातोपानी नाका २०१५ को महाभूकम्पपछि अवरुद्ध छ । बेला बेलामा एकतर्फी रुपमा चीनले सामान पठाएपनि नेपालबाट सामान जान बन्द छ । नेपालका सवारीसाधन तातोपानी नाका प्रवेश निषेध छ । चीनले कोभिड १९ को जोखिम भन्दै नेपालसँगको सीमानाका ठप्प पारेको थियो । यसै महिनाबाट रसुवागढी नाका दुईतर्फी खुल्ला भएको छ ।

चीनसँग एउटा मात्र नाका दुईतर्फी सञ्चालनमा छ । अन्य नाकाहरु बन्द नै छन् । तर, उसले आफ्ना सामान भने नेपालमा निर्वाध पठाइरहेको छ । चीनसँग नेपालको ठूलो व्यापार घाटा छ । नेपालबाट २०१५ अघि चीनमा चीया, कफी, जडिबुटी, प्रशोधित मासु स्थल मार्गबाट निर्यात हुने गरेकोमा सीमानाका बन्द भएपछि अवरुद्ध । नेपालले यी सामानको निर्यात सहज बनाउन कूटनीतिक माध्यमले प्रस्ताव गरिसकेको छ ।

प्रतिक्रिया