१२ श्रावण २०८१, शनिबार | July 27, 2024

परराष्ट्र सचिव पौड्यालले भेटे चिनियाँ विदेशमन्त्री


April 6, 2023
0
Shares

काठमाडौं, २३ चैत्र । परराष्ट्र सचिव भरतराज पौड्यालले चीनका विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेका छन् । उनले बिहिबार बेइजिङमा भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भेटमा दुई देशको सम्बन्ध, भ्रमणका आदानप्रदान, विकास कार्यक्रम, व्यापार, लगानी र पर्यटनको विषयमा छलफल भएको उल्लेख छ । भेटमा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ पनि सहभागी थिए ।

परराष्ट्र सचिव पौड्याल बुधवार बेइजिङ पुगेका छन् । उनी द्वीपक्षीय कूटनीतिक संयन्त्रको १५औं बैठकमा सहभागी हुन पुगेका हुन् ।

पछिल्लो समय नेपाल र चीनबीच भ्रमण र संवादहरु बढ्दै गएको छ । चीनले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि सीमा नाकाहरुको दुईतर्फी आवागमन र आयात निर्यात समेत खुल्ला गर्दै लगेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया