२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पदमबहादुरको मृत्युले प्रचण्डलाई तनाव


March 25, 2023
0
Shares

काठमाडौं, ११ चैत्र । कोशी प्रदेश नामाकरणको विरोधमा चैत्र ५ गते भएको प्रदर्शनमा केही व्यक्ति घाइते भएका थिए । जसमध्ये प्रहरीको लाडीचार्जबाट एकजनाको टाउकोमा गहिरो चोट लागेको थियो ।

घाइते पदमबहादुर लिम्बूको शुक्रवार निधन भयो । यो घटनाले कोशी प्रदेशमा अशान्तिको खतरा बढेको छ ।

सरकारले कोशी प्रदेशको राजधानी विराटनगरका अलावा मुख्य शहरहरु धरान, दमकलगायत ठाउँमा सुरक्षा कडा पारेको छ ।

घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गम्भीर भएका छन् । उनकै निर्देशनमा गृह मन्त्रालयले समिति गठन गरी २० मार्चमा भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपको घटनाबारे छानविन बढाउने गरी समिति गठन गरिने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार सरकारले असन्तुष्ट पक्षसँग संवादको पहल थालिसकेको छ । तर, जातीय मुद्दा उठाउँदै आएको असन्तुष्ट समूहले कोशी प्रदेश नभई विभिन्न जातीय नामहरु राख्नुपर्ने शर्त सारेको छ । उनीहरुको शर्त अनुसार लिम्बूवान, खुम्बुवानलगायत छन् । जातीय मुद्दा उठाउने आन्दोलनकारी सक्रिय हुँदै गएपछि प्रचण्डलाई भने तनाव भइरहेको छ ।

कुनैबेला प्रचण्ड आफैले जातीय मुद्दा उठाएका थिए । तर, उनी विस्तारै त्यसबाट ब्याक भए ।

प्रतिक्रिया