१० श्रावण २०८१, बिहिबार | July 25, 2024

को बन्ला अबको आइजीपी ?


March 22, 2023
0
Shares

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आइजीपी धीरजप्रताप सिंहसहित हालै बढुवा भएका पाँचजना एआइजीलाई डाके । उनीहरु एकैपटक पुगेपछि प्रचण्डले बधाई मात्र दिएनन् मिलेर काम गर्न सुझाव दिए ।

प्रचण्डले अब पाँचजनामध्येबाट आइजीपी हुने स्पष्ट पारे । योसँगै अब प्रहरीमा ३० वर्षे नियमावली तत्काल परिवर्तन नहुने सन्देश गएको छ । नियमावली परिवर्तनको प्रयास भएपनि प्रचण्डले तत्परता देखाएनन् ।

यसै हप्ताबाट अब आइजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवाहदले घर जाने भएका छन् । त्यसपछि बढुवा हुनेछन् पाँच एआइजीमध्येका ।

अहिले बढुवा भएकामा पहिलो नम्बरमा छन् वसन्तबहादुर कुँवर । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौंथोमा श्यामलाल ज्ञवाली र पाचौंमा किरण बज्राचार्य ।
यसै वर्ष डिआइजीमा बढुवा भएर हालै एआइजीमा बढुवा भएका हुने पाँचैजना । अब जो आइजीपी हुन्छ उसले एकैवर्ष तीनपटक बढुवा भएको किर्तिमान राख्छ ।

बढुवाको प्रतिष्पर्धामा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई र दिपक थापा छन् । यी तीनमध्ये जस्ले पनि बाजी मार्न सक्छ । कुँवरलाई बढुवा गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको दबाब छ । प्रधानमन्त्री प्रचण्ड राई र थापामध्ये एकलाई बढुवा गर्न चाहन्छन् ।

यसअघि प्रहरी बढुवामा पनि तीन नम्बरका धीरजप्रताप सिंहले बाजी मारेका थिए । यसपटक पनि दिपक थापाले बाजी मारेमा आश्चर्य नमाने हुन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया