१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतः पक्षमा १७२ र विपक्षमा ८९


March 20, 2023
0
Shares

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आज सोमवार संसदमा विश्वासको मतको पक्ष र विपक्षमा मतदान हुँदा उनको पक्षमा बहुमत प्राप्त भएको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विश्वासको मत प्राप्त भएको जानकारी दिए । २६२ सांसद उपस्थित भएकोमा विश्वासको मतको पक्षमा १७२ र विपक्षमा ८९ परेकोले विश्वासको मत प्राप्त भएको घोषणा गरे । कतैपनि मतदान नगर्ने एकमात्र सांसद रहे ।

विश्वासको मतको पक्षमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत संसदनमा प्रतिनिधित्व गर्ने बहुसंख्यक दल रहे ।

विपक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र रह्यो । प्रचण्ड प्रधानमन्त्री भएको चार महिना नबित्दै दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया