११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

नेपाली काँग्रेस सरकारमा कस्को नेतृत्वमा जाला


March 19, 2023
0
Shares

काठमाडौं, ५ चैत्र । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । उसले आइतवार कार्यसम्पादनको बैठकमार्फत् सरकारमा जाने निर्णय लिएको हो ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमवार विश्वासको मत दिएर सरकारमा जाने निर्णय लिएको जानकारी दिए । काँग्रेस संसदीय दलको बैठकले समेत केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई अनुमोदन गरेको छ ।

नेपाली काँग्रेसले कस्को नेतृत्वमा सरकारमा जानेबारे टुंगो लगाएको छैन । त्यसका लागि मुख्य नेताहरुबीच प्रतिष्पर्धा छ । देउवालाई १४औं महाधिवेशनमा निर्णायक प्रतिष्पर्धामा साथ दिने प्रकाशमान सिंह र विमलेन्द्र निधि मुख्य दाबेदार छन् । त्यसबाहेक डा. सशांक कोइराला र प्रकाशशरण महत पनि दाबेदार छन् ।

प्रतिनिधि सभाको चुनावपछि प्रचण्ड नेतृत्वको सरकार नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलको समर्थनमा बनेको हो । तर, राष्ट्रपतिमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेको उम्मेदवारलाई समर्थन दिन अस्वीकार गरेपछि सरकारबाट फिर्ता भएको थियो ।

एमाले र राप्रपाले समर्थन पनि फिर्ता लिएपछि प्रचण्ड सरकार विश्वासको मत लिन वाध्य भएको हो । काँग्रेस, माओवादी, नेकपा एकीकृत साजवादीसहित १० दलको समर्थन रहेकाले सोमबार विश्वासको मत प्राप्त हुने देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया