६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

नेपाली फुटबलप्रेमी अर्जेन्टिनी टोलीका फ्यान


December 18, 2022
0
Shares

एजेन्सी, ३ पौष । नेपालीहरु फुटबल भनेपछि हुरुक्कै । त्यसैले हरेक टेलिभिजनमा विश्वकप हेर्न पाँच सय रुपैयाँ तिर्नुपर्दा पनि नेपाली हिचकिचाएनन् । ३ लाखभन्दा बढीले प्रति टेलिभिजन पाँच सयका दरले तिरे ।

जब विश्वकपका अलावा फुटबलका ठूला प्रतियोगिता हुन्छ नेपालीहरु बढी अर्जेन्टिनाको फ्यान देखिन्छन् । नेपाली मात्र होइन दक्षिण एशियाका भारत, बङ्गलादेश, पाकिस्तानलगायत सबै मुलुकमा अर्जेन्टिनी टोलीका समर्थक बढी रहँदै आएका छन् ।

नेपालीहरु अर्जेन्टिनाको फ्यान बढी हुनुमा उक्त देशका मानिसहरु नेपाली जस्तै देखिनु पनि एउटा कारण हो । अर्को कारण २०औं शताब्दीका महान फुटबल खेलाडी डियगो म्याराडोनाको प्रशंशक अझै हुनु पनि हो ।

अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जित्दा इंग्ल्यान्डमाथि निकालेको सनसनीपूर्ण जीत पनि हो । सेमिफाइनलमा इंग्ल्यान्डमाथि जीत निकाल्दा म्याराडोनाले हातले गरेको गोललाई रेफ्रीले मान्यता दिएका थिए । त्यतिबेला इंग्ल्यान्डसँग अर्जेन्टिनाको फकल्यान्ड टापुको विषयमा युद्ध चलेको थियो ।

अंग्रेजहरुले दक्षिण एशियाका अधिकांश भूभागमा उपनिवेश बनाएका थिए । पछि भारत स्वतन्त्र भयो । त्यही भारतबाट पाकिस्तान र बङ्गलादेश स्वतन्त्र भयो । यसकारण पनि दक्षिण एशियाली देशहरु इंग्ल्यान्डलाई सहज रुपमा लिन सक्दैनन् । यसको असर फुटबल प्रतियोगितामा दर्शकहरुमा पनि हुने गरेको छ ।

पछिल्लो समय फुटबलमा छाइरहेका लियोनेल मेस्सीका फ्यान दक्षिण एशियामा बढी छन् । उनी मध्यम उचाईका छन् । उनको खेल कौशलका कारण पनि नेपालमा धेरै फ्यान छन् । जसका कारण अर्जेन्टिनाको फ्यान धेरै हुने गरेका छन् ।

प्रतिक्रिया