१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विश्वकपमा कुन कुन देश नकआउट चरणमा प्रवेश गरे कुन कुन बाहिरिए


November 30, 2022
0
Shares

एजेन्सी, १४ मंसिर । कतार विश्वकप फुटबलमा रोचक परिणामहरु आइरहेका छन् । फुटबल महाशक्तिलाई नै पराजित गरेर केही देशहरुले आश्चर्यमा पारेका छन् । तर, त्यस्ता टोलीले कमजोर आँकलन गरिएका टोलीसँग पराजय व्यहोरे ।

विश्वकप जितिसकेका फ्रान्स, ब्राजिल र इंग्ल्यान्ड अघिल्लो चरणमा प्रवेश गरेका छन् । पोर्चुगल, नेदरल्यान्ड, सेनेगल र अमेरिका पनि नकआउट चरणमा प्रवेश गरे ।

एशियाली देश इरान समूह चरणबाट बाहिरिएको छ । आयोजक कतारले पनि कुनै खेल नजिती नकआउट चरणको प्रवेशको सम्भावना समाप्त गरेको छ । क्यानडा, इक्वेडर र वेल्स पनि बाहिरिएका छन् ।

एशियाली देशहरु साउदी अरेबिया, दक्षिण कोरिया र जापानको सम्भावना जिवितै छ । तर, उनीहरुको चुनौती कठिन छ । अष्ट्रेलियाको पनि सम्भावना कमजोर छ ।

अर्जेन्टिना, जर्मनी, स्पेन जस्ता विश्वकप विजेता भइसकेका देश पनि कठिन संघर्षमा छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया